०२ असार २०८३, मंगलबार

धानको मूल्य प्रतिक्विन्टल १७ रुपैयाँ बढ्यो, सरकारले तोक्यो समर्थन मूल्य

असोज ६, २०७८
धानको मूल्य प्रतिक्विन्टल १७ रुपैयाँ बढ्यो, सरकारले तोक्यो समर्थन मूल्य
प्रतिकात्मक तस्वीर

सरकारले धानको समर्थन मूल्य तोकेको छ ।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य २ हजार ७५२ र मध्यम किसिमको धानको मूल्य २ हजार ९०२ तोकिएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल १७ रुपैयाँले बढी हो । गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो ।

गत वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ७३५ र मध्यम धानको मूल्य २ हजार ८८५ तोकिएको थियो ।

समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्