३० जेठ २०८३, शनिबार

दशैंतिहारमा पर्याप्त पुग्ने चिनी मौज्दात

असोज ६, २०७८
दशैंतिहारमा पर्याप्त पुग्ने चिनी मौज्दात

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका लागि आवश्यक चिनी मौैज्दात रहेको जनाएको छ ।

पछिल्लो समय बजारमा चिनी नभएको गुनासो आएको भन्दै विभागले ३ महिना पुग्ने चिनी मौज्दात रहेको जनाएको हो ।

विभागले बुधवार एक सूचना जारी गरी बजारमा पर्याप्त मात्रामा चिनीको मौज्दात रहेकाले उपभोक्तालाई हतास नहुन आग्रह गरेको हो ।

‘आयात अनुपात र खपत भएको मात्राका आधारमा बजारमा अझै ३ महिनालाई पुग्ने चिनी उपलब्ध छ । चिनी आयात प्रक्रिया नियमित रहेको र खुला बजारमा पनि पर्याप्त मात्रामा चिनी रहेकाले उपभोक्ता हतास हुनुपर्ने कुनै कारण छैन । तत्काल आवश्यक मात्राभन्दा बढी सञ्चित गरेर राख्नुपर्ने अवस्था नभएको हुनाले नियमित र सामान्य आपूर्ति प्रणालीमा असर पर्ने गरी अधिक मात्रामा खरिद गरी भण्डारण नगर्न हुन अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

विभागले व्यवसायीलाई समेत गोदाममा वस्तुको मौज्दात हुँदाहुँदै बजारमा नपठाई उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ प्रतिकूल कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्