×

NMB BANK
NIC ASIA

नेकपा एस र जसपा तयार नभए कांग्रेस र माओवादीका मन्त्रीलाई शपथ गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

बागमती र प्रदेश १ मा सरकार गठनबारे गठबन्धनमा छलफल शुरू

असोज ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ गठबन्धनबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्लाई यथाशीघ्र पूर्णता दिने सहमति भएको छ ।

Muktinath Bank

मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा विपक्षीलाई आलोचना गर्ने मौका मिलेको निश्कर्ष सहित तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गठबन्धनमा छलफल भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ अबेरसम्म चलेको बैठकमा मन्त्रिपरिषद् विस्तारमा अब ढिलो गर्न नहुने सहमति भएको हो ।


Advertisment
Nabil box
Kumari

राजनीतिक दल सम्बन्धी अध्यादेशले अप्ठेरो पर्ने भए नेकपा एकीकृत समाजवादी र जसपा बाहेक कांग्रेस र माओवादीको भागमा परेको मन्त्रालयमा मन्त्री नियुक्ती गर्नेबारे छलफल भएको बैठकमा सहभागि एक नेताले बताए । 

Vianet communication
Laxmi Bank

‘सरकारले पूर्णता पाउन नसकेकोमा बाहिर भइरहेका टिकाटिप्पणीको समीक्षा गर्दै सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे नेताहरुबीच सहमति भएको छ,’ स्रोतले भन्यो । तर, मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भन्ने सहमति भएको छैन ।

बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल सम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताएका थिए ।

मन्त्री बन्न नपाएका असन्तुष्ट सांसदले दल विभाजन गर्ने खतरा रहने भन्दै जसपाले अध्यादेश खारेजीको माग गरेको  छ। 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने राजनीतिक दल सम्बन्धी अध्यादेश तत्काल निश्कृय बनाउन नहुने अडान लिएका छन् ।

आफ्नो पार्टीको आधिकारिकता विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा चुनौती दिएकोले अदालतको आदेश नआउन्जेल अध्यादेश फिर्ता गर्न नहुने अडान राखेका थिए ।

कांग्रेस र माओवादीले भने मन्त्रिपरिषद् विस्तारमा धेरै ढिला भएको भन्दै कांग्रेस र माओवादीको भागमा परेका मन्त्री नियुक्त गर्न प्रस्ताव गरेका थिए । सत्ता गठबन्धनको बैठकअघि बसेको माओवादी स्थायी कमिटी बैठकमा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलो गर्न नहुने कुरा उठेको थियो । 

बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले बिहीवार मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । बुधवार नै बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले रामचन्द्र पौडेल पक्षसँग मन्त्रीको नाम मागेका थिए ।

असार २९ गते प्रधानमन्त्रीको शपथ गरेर देउवाले ४ जना मन्त्री नियुक्त गरेका थिए । साउन १० गते स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका देउवाले ७२ दिनपछि बुधवार डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका थिए । 

यसैबीच, सत्तारुढ गठबन्धनको बैठकमा प्रदेश १ र बाग्मती प्रदेशमा सरकार गठनबारे पनि छलफल शुरू भएको छ ।

दुवै प्रदेशमा गठबन्धनको बहुमत छ । बाग्मती प्रदेशमा भदौ २ र प्रदेश १ मा भदौ १० गते नयाँ मुख्यमन्त्री नियुक्त भएका थिए । उनीहरुले विश्वासको मत लिने तयारी गरिरहेको बेला सत्ता गठबन्धनले प्रदेशमा नयाँ सरकार गठनको पहल गर्ने बताएको हो ।

प्रदेश १ मा नेकपा एसका राजेन्द्र राई तथा बाग्मती प्रदेशमा कांग्रेसका इन्द्र बाँनिया र नेकपा एसका राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको दावी गरेका छन् ।

सत्तारुढ गठबन्धनको बैठक भोलि बिहीवार पनि बस्ने तय भएको छ । 

बुधवारको बैठकमा संघीय संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी राखेको अवरोध हटाएर सदन सुचारु गर्नेबारे समेत छलफल भएको थियो । प्रतिनिधि सभाको भोलि बस्ने बैठकबाट बजेटसँग सम्बन्धित विधेयकहरु पारित गर्ने तयारी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x