३१ जेठ २०८३, आइतबार

माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश, पोहोरको नाफाबाट शेयरधनीहरुले १३.३०% बोनस शेयर पाउने

माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश, पोहोरको नाफाबाट शेयरधनीहरुले १३.३०% बोनस शेयर पाउने

माछापुच्छ्रे बैंकले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने भएको छ। बैंकको बुधबार बसेको संचालक समितिको बैठकले  आर्थिक बर्ष २०७७/७८ को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि पाउने उक्त लाभांश अन्तर्गत शेयरधनीले १३.३०% बोनस शेयर र ०.७०% नगद लाभांश पाउने गरी  वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैंयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको जानकारी दिएको छ। बैंकका अनुसार हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित छ ।

माछापुच्छ्रे बैंकले सातै प्रदेशमा आफ्ना एकसय ६२ वटा शाखाहरु र एकसय ७५ शाखारहित बैंकिङ सेवा, सात एक्सटेन्सन काउण्टर समेत गरी जम्मा तीनसय ४४ स्थानवाट सेवा दिइरहेको जनाएको छ। बैंकका देशभर दुईसय ३ वटा एटीएम संचालनमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्