लस्कर फुड्सले ल्यायो आकर्षक अफर

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर सहित खानाहरुमा बिशेष छुट ल्याएको छ ।


Advertisement

लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले आजदेखी अनलाइन प्रतियोगिता समेटको आयोजना गरि २ जनालाई फुड कुपन भाउचरको ब्यबस्था गरेको छ । २ जना बिजेता ग्राहकले चाहेको खानेकुरा जित्न सक ।


Advertisement

रु १५०० बराबरको खानेकुरा एप बाट मगाइ वा लस्कर फुड्सको कार्यालयमा सम्पर्क गरी बिजेताले मगाउन सकिने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताउँछन् ।

ग्राहकले केही नियमको पालनागरी फुड कुपन जित्न सकिने ओस्ती बताउछन् ।


Advertisement

नेपालीको महान चाडबाड नजिकिए सँगै हामीले क्रमश बिभिन्न अफर हरु ल्याउदै जाने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताउँछन् ।

लस्कर फुड्सको प्रमुख आकर्शण नै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरमै उपलब्ध गराउने लक्ष्य रहेको छ ।  तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै  लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।

लस्कर फुड्सले खाना पु–याएको डेलिभरी चार्ज नलिने गरेको छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यवस्था रहेको छ ।

 ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्