×

NMB BANK
NIC ASIA

कांग्रेस निर्वाचन : सभापतिमा दोब्बर बढी आकाङ्क्षी

असोज ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गरेका छन् ।

Muktinath Bank

आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई आकाङ्क्षी वर्तमान नगरसचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आउँदो शनिबार जिल्लामा हुने नगर तथा गाउँ अधिवेशनमा सभापति पदमा दोब्बर आकाङ्क्षी देखिएका छन् । जिल्लामा छ नगर र सात गाउँपालिका छन् । अधिवेशनमा स्थानीयस्तरसम्म जिल्लामा दुई धारको प्रभाव रहेकाले सर्वसम्मत हुने अनिश्चितप्रायः देखिन्छ । यद्यपि नगर तथा गाउँ सभपातिका केही आकां्क्षी भने गत मङ्गलबार भएको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित नहुँदा उम्मेदवारीबाट विमुख भएका छन् ।


Advertisment
Nabil box
Kumari

धुलिखेल नगर सभापतिमा बिदुरबहादुर बस्नेत, विमल ब्याञ्जू र विनोद गौतम, पाँचखाल नगरमा गणेश अधिकारी, हेम लामा र सुन्दर लामा, नमोबुद्ध नगरमा कुन्साङ लामा र दिनेश भुर्तेल, मण्डनदेउपुर नगरमा रामहरि सापकोटा र कश्यप पौडेल तथा पनौती नगरमा हाल एकमात्रै रामशरण भण्डारीको चर्चा छ । यस्तै रोशी गाउँपालिकामा पदम लामा, लक्ष्मी बर्तौला र हस्तबहादुर लामा, भुम्लु गाउँपालिकामा दावा लामा र तस्वीर लामा, खानीखोला गाउँपालिकामा क्षेत्र लामा, सोनाम लामा र गोपाल दर्लामी, तेमाल गाउँपालिकामा ज्ञानबहादुर लामा र सञ्जिव लामा, चौँरीदेउराली गाउँपालिकामा किशोरराज गिरी र चन्द्र लामा, महाभारत गाउँपालिकामा देवराज योञ्जन र रकमसिं घलान तथा बेथानचोक गाउँपालिकामा पे्रमबहादुर तिमल्सिना र मछिन्द्र लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

Vianet communication
Laxmi Bank

जिल्ला सभापतिमा भने आकाङ्क्षी वर्तमान सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्वसांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाईँ र पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल देखिएका छन् । गाउँ/नगर अधिवेशनमा वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले नगर सभापतिसहित कार्यसमिति चयन गर्ने जिल्ला सचिव दिनेश लामाले जानकारी दिए । उनका अनुसार करिब दुई हजार ४०० प्रतिनिधि वडाबाट निर्वाचित भएका छन् । समितिका अनुसार नगर तथा गाउँ निर्वाचनमा सभापतिसहित क्रियाशील सदस्यताका आधारमा समावेशी कार्यसमितिको गाउँ/नगर कार्यसमिति चयन गर्नेछ ।

गाउँ/नगर पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव तथा निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुनेछन् । जिल्ला समितिमा १९ हजार १० क्रियाशील सदस्य छन् । समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।

पार्टीको निर्वाचन कार्यतालिकाअनुसार यही असोज ९ गते गाउँ/नगर अधिवेशन हुने भएको हो । पार्टीको बुधबारको निणर्य अनुसार बाँकी प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशनलगायत माथिल्लो तहका अधिवेशन/महाधिवेशन दशैँपछि हुनेछ । यसअघि असोज १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको थियो । यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको थियो ।

काभ्रेपलाञ्चोकमा भने निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार १३५ वडामध्ये १२७ वडाको अधिवेशन सम्पन्न भएको छ । मङ्गलबार भुम्लु गाउँपालिका-२ र ४, धुलिखेल नगरपालिका-१२, बनेपा नपा-९, खानीखोला गाउँपालिका-१, पनौती नपा-१० र ११ मा विवादका कारण वडा अधिवेशन स्थगन भएको सचिव लामाले जानकारी दिए । लामाका अनुसार बनेपा-९, खानीखोली-१ तथा पनौती-१० र ११ मा बुधबार अधिवेशन सम्पन्न भएको छ भने बाँकी वडाका अधिवेशनबारे छलफल भइरहेको छ । अधिकांश वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको जनाइएको छ । 

सभापतिका आकाङ्क्षी गाउँगाउँमा

डोटी- नेपाली कांग्रेसको पार्टी सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उमेदवारका आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्लास्तरीय नेता गाउँगाउँमा पुगेका छन् । नेता गाउँमा आएका कारण यहाँका ग्रामीण क्षेत्रमा चहलपहल सुरु भएको स्थानीयवासी बताउँछन् । जिल्लामा वडा अधिवेशन सम्पन्न भएसँगै यही असोज ९ गते हुने नगर तथा पालिकाको अधिवशनका लागि भन्दै नेता गाउँगाउँमा रहेका आफ्ना नेता तथा कार्यकर्तामाझ पुग्न थालेका बडिकेदार गाउँपालिका-५ का काङ्ग्रेस नेता दानबहादुर कलेलले बताए ।

पार्टी केन्द्रीय कार्यालयले १४औँ महाधिवेशनका लागि जिल्ला अधिवेशन यही असोज १५ गते तोकेपछि जिल्लामा नेताहरुको चहलपहल झनै बढेको हो । कांग्रेसको मौजुदा विधानले दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी लिनसक्ने व्यवस्था गरेको छ । त्यसैले वर्तमान जिल्ला सभापति प्रदीपकुमार देउवा अझै एक कार्यकाल सभापतिको उम्मेदवार हुन पाउने भएपछि उहाँले पनि १४औँ महाधिवेशनमा सभापतिमा आकाङ्क्षा देखाइरहेका छन् ।

उता १३औँ महाधिवेशनमा सभापति देउवासँग पराजित हुनुभएका रामप्रसाद उपाध्यायको नाम यसपटक पनि निकै चर्चामा छ । उहाँले आफूलाई स्वभाविक उम्मेदवार रहेको र पालो पनि आफ्नो भएको बताउँदै आएका छन् । यसैगरी महासमिति सदस्यद्वय नरेन्द्रबहादुर सिंह र भूमिराज बडूले पनि सभापतिमा दाबेदारी प्रस्तुत गर्दै आएपछि जिल्लामा कांग्रेस निर्वाचन निकै रोमाञ्चक हुने आकलन गरिएको नेता घनश्याम पाठकले बताए । उम्मेदवारका दाबेदार नेता अहिले खुलेर आफ्नो पक्षमा माहोल बनाउन पालिकाका अभियानमा लागिरहेका छन् ।

यस्तै लामो समयदेखि सक्रिय नेताका रूपमा चिनिँदै आउनुभएका लक्ष्मीराज पाठकको पनि सभापति पदमा चर्चा चलेको छ । विद्यार्थी राजनीतिदेखि नै निष्ठा र त्यागको राजनीति गर्दै आउनुभएका पाठकलाई एकपटक पार्टीको सभापति बनाउनुपर्ने धारणा कार्यकर्तापङ्क्तिमा रहेको अर्का नेता पदमराज जोशीले जानकारी दिए । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’का क्षेत्रीय सभापति सीताराम जोशीले पनि जिल्ला सभापतिका लागि तीव्र आकाङ्क्षा देखाइरहेका छन् । यसैगरी महासमिति सदस्यद्वय डिलबहादुर बम र लोकेन्द्रबहादुर शाहीको पनि सभापति पदमा आकाङ्क्षा रहेको चर्चा छ । 

बडिकेदार गाउँपालिका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कृष्णबहादुर चन्दले आकाङ्क्षा देखाइरहेको उहाँ निकट नेताहरुले जानकारी दिएका छन् ।

सभापति पदका लागि आकाङ्क्षा सार्वजनिक गर्नेमा पूर्वपार्टी उपसभापति दीपककुमार विष्ट पनि रहेका छन् । पार्टीको जिल्ला समितिमा सहसचिव, सचिव हुँदै उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेकाले यसपटक सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने उनको भनाइ छ ।

यस्तै आकाङ्क्षा सार्वजनिक गर्नेमा उपसभापति लक्ष्मण सिंह, जिल्ला कार्यसमिति सदस्य जीतबहादुर खड्का रहेका छन्  । सिंहले आफू उपसभापति भइसकेकाले सभापतिको स्वभाविक उम्मेदवार रहेको बताउँदै आएका छन् भने खड्काले आफू जिल्लामा सधैँ उपलब्ध हुनसक्ने र कार्यकर्तासँग प्रत्यक्ष जनसम्पर्कमा रहनसक्ने व्यक्ति रहेकाले उम्मेदवारी पाउनुपर्ने बताउँदै आएका छन् ।

प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवार रहेका नेता पदमराज जोशीको नाम चर्चामा रहे पनि उनले सार्वजनिकरूपमा सभापतिको आकाङ्क्षी भएको बताएका छैनन् । नगर तथा पालिका अधिवेशन असोज ९ र जिल्ला अधिवेशन असोज १५ गते हुँदैछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x