
बैतडीमा एक व्यापारी मृत फेला परेका छन् ।
सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डौंमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् ।
महरा पसल अगाडि मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशंका गरिएको छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ ।
स्थानीयले घटनाको छानबिन गर्न माग गरेका छन् ।