१२ असार २०८३, शुक्रबार

नवलपरासीमा राजपाका अध्यक्षसहित ३० जना पक्राउ

कात्तिक २०, २०७४
नवलपरासीमा राजपाका अध्यक्षसहित ३० जना पक्राउ

काठमाडौं, ४ असार - नवलपरासी प्रहरीले राजपाका जिल्ला संयोजक सहित ३० जनालाई पक्राउ गरेको छ । नवलपरासीका राजपा जिल्ला संयोजक पुरन चौधरी सहित ३० जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले मनोनयन दर्तालाई प्रभावित गर्न सक्ने भन्दै उनीहरुलाई पक्राउ गरेको हो । दोस्रो चरणको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । राजपाले दोस्रो चरणको निर्वाचनमा आफू सहभागी नहुने र त्यसलाई भाँड्ने बताउँदै आएको छ ।

यसैबीच, नवलपरासीमा शनिवार राजपाको प्रदर्शनको कार्यक्रममा झडप भएको थियो । झडप भएपछि
राजपाका शीर्ष नेताहरु सहभागी भएको कार्यक्रममा प्रहरीले गोली चलाएको थियो । शनिवारदेखि नवलपरासी अशान्त बनेको छ । प्रहरीले शनिवारदेखिनै त्यहाँको सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।

स्थानीय निर्वाचन मनोनयन दर्ता (लाइभ)

salt training

कमेन्ट गर्नुहोस्