×

NMB BANK
NIC ASIA

‘कलम’ चुनाव चिह्नका लागि माधव नेपाल र जीवन राईको पार्टीबीच एकीकरणको पहल

असोज ७, २०७८

NTC
Premier Steels

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जीवन राई नेतृत्वको नेकपा एकीकृतबीच एकताको प्रक्रिया अघि बढेको छ ।

Muktinath Bank

२ पार्टीलाई एकीकरण गरी नेकपा एकीकृतले लिएको चुनाव चिह्न नेकपा एकीकृत समाजवादीको बनाउने गरी २ पार्टीबीच एकीकरणको प्रक्रिया अघि बढेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले विवाद चरमोत्कर्षमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका नेताहरूकै सल्लाहमा जीवन राईले नेकपा एकीकृत दर्ता गराएका थिए । 


Advertisment
Nabil box
Kumari

राई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निकट नेता मानिन्छन् । उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् ।

Vianet communication

अनेरास्ववियूको उपाध्यक्षमा पराजित भएपछि उनले पार्टी राजनीति शुरू गरेका थिए ।

राईलाई एकीकृत समाजवादीको केन्द्रीय सदस्य बनाउने र एकीकृत समाजवादीको चुनाव चिह्न कलम बनाउने तयारीसहित एकीकृत समाजवादीका नेताहरूले राईलाई एकीकरणको प्रस्ताव गरेका छन् । 

एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा पार्टीको चुनाव चिह्नबारे छलफल भइरहेको छ । चुनाव चिह्नका लागि विभिन्न विकल्प बैठकमा प्रस्तुत भएको एक नेताले बताए । 

धेरैले कलम चुनाव चिह्न नै ठीक हुने र जीवन राईलाई उपयुक्त जिम्मेवारी दिएर पार्टी एकता गर्दा राम्रो हुने सुझाव दिएको एक केन्द्रीय सदस्यले बताए । 

यसअघि राष्ट्रिय सभाको निर्वाचनमा माधव नेपाल, झलनाथ खनालको सहयोगमा उम्मेदवार भएका खिमलाल देवकोटाले पनि चुनाव चिह्न कलम रोजेका थिए ।

राईले पार्टी दर्ता गर्ने बेलामा त्यसबेला एमालेका असन्तुष्ट नेताहरूसँगको सल्लाहमा नै कलम चिह्न रोजेर पार्टी दर्ता गरेकाले अहिले एकीकृत समाजवादीले त्यसैलाई चुनाव चिह्न बनाउन पहल गर्नुपर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा आएको नेताहरूले बताए । 

बैठकमा कतिपयले नेकपा एकीकृत समाजवादीको नाम फेरेर नेकपा एकीकृत राख्नुपर्ने प्रस्ताव पनि गरेका छन् । नेकपा एकीकृत समाजवादी अप्ठ्यारो नाम भएकाले त्यसलाई फेर्नुपर्ने कतिपय केन्द्रीय सदस्यले बैठकमा प्रस्ताव गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x