रियलमी विश्वकै उत्कृष्ट ६ स्मार्टफोनको सूचीमा, विश्वबजारमा १० करोडभन्दा धेरै उत्पादन बिक्री

रियलमी काउन्टर पोइन्टको अनुसन्धान अनुसार विश्वबजारको वरियता क्रममा उत्कृष्ट ६ स्मार्टफोन बिक्रेता भित्र पर्न सफल भएको छ । 


Advertisement

यो सूचीभित्र पर्नको लागि रियलमीले क्यू २ २०२१ मा १५० करोड आफ्नो उत्पादन बजारमा उपलब्ध गराएर १३५.१% को वाईओवाई बृद्धि गरेको थियो । यो उपलब्धि रियलमीले मात्र ३ वर्षमा हासिल गरेको हो । जबकि पहिलो स्थानमा रहेको सामसङको ६.३% वृद्धि रहेको छ । 


Advertisement

विश्वको ६१ भन्दा धेरै बजारहरुमा पुगेको रियलमी, यी मध्ये १८ वटा बजारमा उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ ।

“गएको ३ वर्षमा नै रियलमी एक भर्खर जन्मिएको बिरालोको बच्चा केही समयमा नै बाघ बने जस्तो गरेर आक्रामक रुपले बजारमा विस्तारित भइरहेको छ । विश्वभरिका २९ वर्ष मुनिका युवाहरु प्रतिलक्षित  रियलमी ग्राहकहरुलाई असाधारण उत्पादन ल्याउन कटिबद्ध छ,” सीईओ स्काई लीले भनेका छन् ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्