×

NMB BANK
NIC ASIA

सिरहाका स्थानीय तहमा १ अर्ब २० करोड बेरुजु

असोज ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा १ अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहमा ३१ करोड १५ लाख रुपैयाँ पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहबाट विभिन्न शीर्षकमा निकासा गरिएकामध्ये ११ करोड ५४ लाख असूलउपर गर्नुपर्ने, ३० करोड ४२ लाख नियमित गरिनुपर्ने तथा कागज र प्रमाण नपुगी ४७ करोड २५ लाख रुपैयाँ भुक्तानी दिइएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

सबैभन्दा बढी सिरहा नगरपालिकामा २२ करोड २७ लाख बेरुजु र १४ करोड २० लाख पेश्की रहेको  प्रतिवेदनमा उल्लेख छ । नगरपालिकामा १७ लाख ८४ हजार असूल गर्नुपर्ने, ३ करोड १४ लाख ४२ हजार नियमित गर्नुपर्ने तथा ४ करोड ७४ लाख ८५ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने पाइएको छ ।

Vianet communication
Laxmi Bank

नगर प्रमुख अशेश्वरप्रसाद यादव, उपप्रमुख नमिता यादवलगायत जनप्रतिनिधि र कर्मचारीले आव २०७६/७७ मा बैठक भत्ताबापत ६६ लाख ४२ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

लहान नगरपालिकामा १९ करोड ३६ लाख १५ हजार बेरुजु र ७ करोड ५ लाख ५९ हजार पेश्की छ । नगरपालिकाले विभिन्न व्यक्ति तथा फर्मबाट ४ करोड ४९ लाख ४४ हजार असूल गर्नुपर्नेछ । नगरपालिकाले भुक्तानी दिइएको ६ करोड ७४ लाख ७६ हजारको कागजात र प्रमाण पुर्‍याउनुपर्ने तथा १ करोड ६ लाख ३६ हजार नियमित गर्नुपर्ने महालेखाको ठहर छ ।

धनगढीमाई नगरपालिकामा १३ करोड ६२ लाख ३८ हजार बेरुजु तथा ४ करोड ४३ लाख ८० हजार पेश्की छ भने १ करोड २५ लाख ४० हजार असूल गर्नुपर्ने छ । नगरपालिकाले ४ करोड ९७ लाख ९१ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने तथा २ करोड ९५ लाख २७ हजार नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

विष्णुपुर गाउँपालिकामा १४ करोड ३४ लाख ५० हजार बेरुजु र १ करोड २८ लाख ६९ हजार पेश्की रहेको छ । गोलबजार नगरपालिकामा ६ करोड ३९ लाख ९९ हजार बेरुजु र १ करोड ७४ लाख ८२ हजार असूल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । ४ करोड ७ लाख ५२ हजारको कागजात पेश गर्नुपर्ने तथा ३० लाख ९१ हजार नियमित गर्नुपर्ने र २६ लाख ७४ हजार पेश्की देखिएको छ ।

मिर्चैया नगरपालिकामा २ करोड १८ लाख ३७ हजार बेरुजु देखिएको छ । त्यसमध्ये ४५ लाख ४५ हजार असूल गर्नुपर्ने, १ करोड १ लाख २२ हजारको कागजात र प्रमाण पेश गर्नुपर्ने, २८ लाख ७९ हजार नियमित गर्नपर्ने र ४२ लाख ९१ हजार पेश्की देखिएको छ ।

कल्याणपुर नगरपालिकाले १ वर्षमा खाजा, खाना र विविध शीर्षकमा ५८ लाख ८८ हजार खर्च गरेको उल्लेख छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ  । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ को दफा ४ मा न्यायिक समितिको बैठकमा भत्ता लिन पाउने स्पष्ट व्यवस्था छैन ।

स्थानीय तहमा निर्वाचित भएदेखि जनप्रतिनिधिले कर्मचारीलाई दबाब दिएर मनपरि खर्च गर्ने गरेकाले बेथिति र बेरुजुको चाप बढ्ेको लहानका नागरिक अगुवा राजेश गुप्ता बताउँछन् । एउटा शीर्षकमा रहेको रकम अर्कैमा खर्च गर्ने, जनप्रतिनिधि र कर्मचारीले अनावश्यक सुविधा लिने तथा पेश्की लिएर समयमा फछ्र्योट नगर्ने प्रवृत्तिका कारण स्थानीय तहमा बेरुजु बढेको उनको भनाइ छ । 

यसरी मनपरि खर्च गर्ने, जथाभावी निर्णय गरी कार्यान्वयन गर्ने र जनताको सेवाभन्दा पनि कमाउने धन्दामा जनप्रतिनिधि बढी केन्द्रित हँुदा जनतामा नैराश्यता उत्पन्न भएको लहान नगरपालिका–४ का सत्यनारायण चौधरी बताउँछन् । – राजु विश्वकर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x