फागुन ११, २०८०
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
असोज ७, २०७८
जलवायु परिवर्तनले वातावरणमा पार्ने नकारात्मक असर पारिरहेको कुरा सर्वविदित छ । र यसका असर हिजोभन्दा आज अझ टड्कारो रुपमा देखिन थालेको छ ।
कलकारखाना तथा उद्योग मात्र जलवायु परिवर्तनका लागि जिम्मेवार छैन । चलचित्र निमार्ण गर्ने प्रक्रियाले वातावरणमा नकारात्मक असर भन्ने तथ्यले देखाएको छ ।
यसै सन्दर्भमा युरोपियन युनियन नेपालको डेलिगेसनले हरित चलचित्रकर्म अर्थात ग्रीन फिल्ममेकिङ्ग बारे भर्चुअल मास्टरक्लास आयोजना गर्न गइरहेको छ । यो मास्टरक्लास नेपाल युरोपियन युनियन चलचित्र महोत्सव (नियुफ) २०२१ अन्तर्गतको एउटा कार्यक्रमको रुपमा आयोजना गरिन लागेको हो । मास्टरक्लास यही असोज ८ गते दिउसो २ बजे आयोजना गरिने छ ।
श्रव्यदृश्य निर्माण गर्दा वातावरणमा पर्ने नकारात्मक असरहरूलाई कम गर्ने उद्देश्यले निर्माता तथा चलचित्र उद्योगसँग सम्बन्धित अन्य सार्वजनिक तथा निजी निकायहरूले तयार गरेका नीति तथा व्यवस्थाहरूलाई हरित चलचित्र निर्माण वा दिगो चलचित्र निर्माण भनेर बुझिन्छ । अन्य औद्योगिक क्षेत्रहरूले जस्तै श्रव्यदृश्य अथवा चलचित्र उद्योगले पनि वातवारणलाई जोगाउनको लागि आफ्नो भूमिका खेल्न सक्छ ।
यस मास्टरक्लासमा हरित चलचित्र मूल्यांकन प्रणालीका निर्देशिका बमोजिम चलचित्र निर्माण स्थललाई कसरी बढी दिगो बनाउन सक्छन् भन्ने बारेमा निर्माता तथा निर्माणमा संलग्नहरूले व्यवहारिक रूपमा के काम गर्न सक्छन् भन्ने बारे सहभागीहरूले जान्ने मौका पाउनेछन् । उनीहरूले श्रव्यदृश्यका कामहरूलाई वातावरणीय दिगोपनको हरित चलचित्र प्रमाणीकरण प्राप्त गर्ने प्रक्रियाहरूको बारेमा, त्यसमा संलग्नहरूको बारेमा पनि जान्नेछन् । त्यसका साथै विभिन्न देशहरूमा चलचित्र सह–निर्माण गर्नका लागि ग्रीन फिल्ममेकिङ्गको प्रमाणिकरण लिए नेपाली चलचित्रकर्मी तथा निर्माण कम्पनीहरुलाई के फाइदा हुन सक्छ भन्नने कुराको पनि चर्चा गरिने छ।
मास्टरक्लासको प्रशिक्षक डा. अल्बर्टो बाट्टोची रहेका छन् भने भ्यालरियो कारुसोले सहकीकरण गर्ने छन् । मास्टरक्लासमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अतिथि बक्ताका रुपमा आफ्नो मन्तव्य राख्ने छन् ।
यस मास्टरक्लासमा सहभागी हुनका लागि सबै निर्देशक, निर्माता, छाँयाकार, निर्माण नियन्त्रक लगायत सबै चलचित्रकर्मी, चलचित्रका विद्यार्थी, सिनेपत्रकार⁄लेखक सबैमा युरोपियन युनियनको नेपालको डेलिगेसन आव्हान गर्दछ ।
मास्टरक्लासमा सहभागी हुनका लागि लिंकः
Time: Sep 24, 2021 02:00 PM Kathmandu
Join Zoom Meeting
https://zoom.us/j/98023373073?pwd=TW9nWVFYeXhmZTlSamQxVzRncVBIUT09
Meeting ID: 980 2337 3073
Passcode: 22222
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...