०४ असार २०८३, बिहीबार

दाङमा ४५ वर्षमाथिका व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाइने

असोज ७, २०७८
दाङमा ४५ वर्षमाथिका व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाइने

दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने तयारी भएको छ ।

असोज ८, ९ र १० गते १० वटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल खोप लगाइने भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही, लमही, राप्ती, गढवा, बङ्गलाचुली र राजपुरमा असोज ८ र ९ गते खोप लगाइने छ । तुलसीपुर, शान्तिनगर, बबई र दङ्गीशरणमा असोज ९ र १० गते खोप लगाउने निर्णय भएको कार्यालय प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए ।

घोराहीमा ८ हजार ८८१, तुलसीपुरमा ७ हजार ९८८, लमहीमा २ हजार ६८७, बङ्गलाचुलीमा १ हजार ३२३, बबईमा १ हजार ५११, दङ्गीशरणमा १ हजार १९७, गढवामा २ हजार १५८, राजपुरमा १ हजार ३८२, राप्तीमा २ हजार २८८ तथा शान्तिनगरमा १ हजार ४०६ जनालाई खोप लगाइने उनले बताए ।

‘४५ वर्षमाथिका र १२ कक्षाको परीक्षार्थीलाई खोप लगाइने छ,’ शाहीले भने । आगामी कात्तिक ५ र ६ गते कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाउने जिल्ला कोरोना खोप समन्वय समिति तथा अनुगमन समितिले निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्