१० साउन २०८३, आइतबार

प्रचण्डलाई घनश्याम भुसालको जवाफ : ‘तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं’

प्रचण्डलाई घनश्याम भुसालको जवाफ : ‘तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं’

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै पार्टी राम्रो बनाउन जवाफ फर्काएका छन् ।

प्रचण्डले एमालेका तेस्रो धारका नेताहरूबारे अभिव्यक्ति दिएपछि भुसालले जवाफ फर्काएका हुन् ।

भुसालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउँछौं । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।’

काभ्रेको पाँचखालमा बिहीवार आयोजित योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले तेस्रो धारका नेताहरू धेरै दिन एमालेमा नटिक्ने दाबी गरेका थिए । उनले भनेका थिए, ‘बडो दया लाग्छ ती साथीहरूलाई देख्दा, ढिलोछिटो त्यहाँबाट निस्किन्छन् । त्यहाँ बस्ने ठाउँ छैन ।’

salt training

कमेन्ट गर्नुहोस्