
प्रतिनिधिसभा बैठकले ‘विनियोजन विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक २०७८’ लाई बहुमतले पारित गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बिहीवारको बैठकमा ती २ विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक २०७८’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।
प्रतिनिधि सभाको अर्काे बैठक असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।