२४ जेठ २०८३, आइतबार

कांग्रेस नगर अधिवेशनअघि छुट्टाछुट्टै प्यानलबाट उम्मेदवारी घोषणा

कांग्रेस नगर अधिवेशनअघि छुट्टाछुट्टै प्यानलबाट उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत शनिवार गाउँ/नगरको अधिवेशन हुँदैछ ।

कांग्रेसमा प्यानलसहित उम्मेदवारी घोषणा गरिँदैछन् ।

रूपन्देहीका सबैजसो पालिकामा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै भेला गरी उम्मेदवारी घोषणा गरेका छन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिकामा कांग्रेस नगर अधिवेशनका लागि खेलराज पाण्डेको नेतृत्वमा प्यानल घोषणा भएको छ । 

पाण्डे रामचन्द्र पौडेल समूह निकट हुन् । पाण्डेको नेतृत्वमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरूषोत्तम खनाल रहेका छन् । कार्यक्रममा रामबहादुर कार्कीले प्यानल घोषणा गरे ।

बुटवलकै लागि रिता केसीको नेतृत्वमा अर्को प्यानल तयार भएको छ । केसी देउवा समूह निकट हुन् । केसी प्यानलमा उपसभापतिमा नरबहादुर रजाली मगर, उपसभापति हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल, सचिव जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बास्कोटा र सहसचिवमा गणेश घिमिरे उम्मेदवारी घोषणा गरेका छन् । 

तिलोत्तमा नगर समितिमा समेत उम्मेदवारी घोषणा भएको छ । देउवा समूहबाट नगर सभापतिमा हरिलाल पाण्डेको नेतृत्वमा उपसभापति कल्याण पौडेल, माया चौधरी, सचिव प्रदीप थापा, हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुलीको उम्मेदवारी घोषणा भएको छ । 

नेपाली काग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले कार्यक्रमको उद्घाटन गर्दै प्रजातान्त्रिक पद्धति अनुसार नै पार्टीलाई चुस्त दुरुष्ट बनाएको बताए । 

तिलोत्तमामै रामचन्द्र पौडेल निकट समूहले नारायण न्यौपानेले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । न्यौपाने प्यानलबाट उपसभापतिमा मधुसुदन गैरे, र अशोक कुमार क्षेत्री, सचिवमा शोभा कुमारी राना र प्रकाश गैरे, सह सचिवमा दिनेश कुँवर केशरी उपाध्याय उम्मेदवार छन् । 

सैनामैना नगरपालिकाको नगर समितिको निर्वाचनका लागि देउवा समूह निकटले उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार घोषणासभा गरी उम्मेदवारी घोषणा गरिएको हो । 

नगर सभापति कृष्ण प्रसाद पोख्रेलको नेतृत्वमा उपसभापति निल प्रसाद थापा, उपसभापति मिना श्रेष्ठ, सचिव कृष्ण प्रसाद कंडेल, सचिव सुभाष पौडेल, सहसचिव श्याम प्रसाद अधिकारी र सहसचिव सुरेश परियारको टीमले घोषणा गरेका छन् । प्रजातान्त्रिक सेनानी तथा पार्टीको पुराना नेता परशुराम पोखरेलले कार्यक्रमको उद्घाटन गरेका थिए ।

रुपन्देहीको सिद्धार्थनगर नगर सभापतिका लागि युवा नेता कोसिस खड्काको नेतृत्वमा नगर अधिवेशनका लागि उम्मेदवारी घोषणा गरिएको छ । बिहीवार भैरहवामा खड्काले सभापतिमा उम्मेदवारी घोषणा गर्दै समावेशी प्यानल घोषणा गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्