०१ असार २०८३, सोमबार

दशैंतिहारमा जुवातास खेल्नेविरुद्ध प्रहरीको यस्तो योजना, सादा पोशाकमा प्रहरी परिचालन

असोज ८, २०७८
दशैंतिहारमा जुवातास खेल्नेविरुद्ध प्रहरीको यस्तो योजना, सादा पोशाकमा प्रहरी परिचालन

महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंतिहार लगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ ।

परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि ‘चेक प्वाइन्ट’ राख्ने र व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ ।

प्रहरीले दशैंमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौंमा दशैंतिहार लक्षित गर्दै करीब ५ हजारको संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिए । उनका अनुसार सादा पोशाकमा समेत प्रहरी परिचालन गरिने छ ।

भीडभाड हुने क्षेत्रमा सादा पोशाकमा समेत प्रहरी परिचालन हुनेछ । घरबेटीहरूलाई भाडामा बस्ने र काम गर्नेहरूको नाम, ठेगाना सहितका फोटो सहितको स्थायी विवरण विस्तृत रूपमा राख्न आग्रह गरिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा चोरी, डकैती, लुटपाटलगायत आपराधिक कार्य हुन सक्ने भएकाले परिसरले सचेत हुन समेत सबैमा आग्रह गरेको छ । जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेकाबारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिन समेत भनिएको छ ।

कुनै पनि टोलमा असामान्य व्यक्ति पटक–पटक देखिए निगरानी राख्न समेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिँड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न भनिएको छ ।

सार्वजनिक स्थलहरूमा धूमपान मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्न, लागूऔषध तथा नशालु पदार्थ सेवन तथा बेचबिखन गर्ने कोही व्यक्ति देखिए जानकारी दिनसमेत आग्रह गरिएको छ ।

रातको समयमा घरको ढोका कसैले ढक्ढकाए सो व्यक्तिलाई नचिनेसम्म नखोल्न भनिएको छ भने अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान भनिएको छ । रातको समयमा घरका ढोका झ्याल राम्रोसँग लगाएर सुत्न भनिएको छ ।

बैंक तथा वित्तीय संस्थामा ठूलो नगद कारोबार गर्न जाँदा विश्वासिलो व्यक्तिलाई साथमा लैजान, सार्वजनिक स्थानमा हिँड्दा सुनका गरगहना प्रयोग नगर्न, धम्कीपूर्ण फोन आए सम्भव भएसम्म रेकर्ड गर्न भनिएको छ ।

जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेहरूका बारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिनसमेत भनिएको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्