२५ जेठ २०८३, सोमबार

त्रिशूलीमा कार खस्दा ३ जना बेपत्ता, १ घाइते

त्रिशूलीमा कार खस्दा ३ जना बेपत्ता, १ घाइते

चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् भने १ जना घाइते भएका छन् ।

बिहीवार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।
 
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।
 
कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी पत्नी ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ ।

कारसहित उनीहरू बेपत्ता भएका प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्