१८ असार २०८३, बिहीबार

शरदले मसँग बिहेको प्रस्ताव राखे, मैले हुन्छ भनेँः इन्दिरा जोशी

शरदले मसँग बिहेको प्रस्ताव राखे, मैले हुन्छ भनेँः इन्दिरा जोशी

गायिका इन्दिरा जोशीले उनका प्रेमी शरद केडियाले राखेको बिहेको प्रस्ताव स्वीकार गरेकी छन् । 

शरदले हेलिकप्टरमा खुम्बु पुगेर इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका हुन् । फिल्मी शैलीमा घुँडा टेकेर शरदले औँठी लगाइदिएका थिए । सो देखेर इन्दिरा ‘सरप्राइज’ भएकी थिइन् । 

अहिले शरदले इन्दिरालाई औँठी लगाइदिँदै गरेको भिडियो भाइरल भइरहेको छ । 

शरदले राखेको बिहेको प्रस्ताव आफूले स्वीकारेको इन्दिराले फेसबुकमार्फत् जानकारी दिएकी छन् । 

उनीहरू सगरमाथाको आधार शिविरमा बिहीवारबाट शुरू भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्