
काठमाडौं, ४ असार– १८ जुन अर्थात आज एकदिवसीय क्रिकेटमा एक रोमाञ्चक भिडन्त हुँदै छ ।
यो भिडन्त आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा हुन लागेको हो । जसका लागि चीर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुन लागेका हुन् ।
यो पहिलो मौका हुनेछ जब भारत र पाकिस्तानको टीम ५० ओभर भएको आईसीसीको ठूलो प्रतिस्पर्धाको फाइनलमा आमने सामने हुनेछन् ।

भारत चौथोपटक च्याम्पियनस ट्रफी टूर्नामेन्टको फाइनमा पुगेको हो जबकी पाकिस्तानका लागि यो पहिलो मौका हो ।
भारत दुई पटक च्याम्पियन्स बनिसकेको छ र यस पटक यस भीडन्तका लागि लीग म्याचमा पाकिस्तानलाई हराइसकेको छ ।

तर पाकिस्तान पनि एक मनोवैज्ञानिक लाभको स्थितिमा छ किनकी च्याम्पियन्स ट्रफी मात्र त्यो खेलहो जसमा पास्तिान भारतले भन्दे धेरै भीडन्तमा जीतेको छ ।
आइसीसी खेल अर्थात वल्र्ड कप, च्याम्पियन्स ट्रफी तथा वल्र्ड टी २० मा अहिलेसम्म भारत र पाकिस्तान १५ पटक आमनेसामने भएका छन् । जसमा दुई पटक बाहेक भारतले १३ पटक पाकिस्तानलाई हराएको छ ।

तर एकदिवसीय क्रिकेटको आकडा हेर्ने हो भने पाकिस्तानको पक्षमा देखिएको छ । अहिले सम्म दुई देशका बीच खेलिएको १२८ एकदिवसीय भीडन्तमा पाकिस्तानले ७२ र भारतले ५२ खेल जितेका छन् भने चार खेलको नतिजा आएको छैन ।