×

NMB BANK
NIC ASIA

भैंसेपाटी सडकको दुर्दशा

वर्षौंदेखि भैंसेपाटी सडकको यो दुर्दशा देख्नेले भन्छन्– देशमा सरकार पनि छ र ? [फोटो/भिडियो]

असोज ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकाको एक ‘भीआईपी’ बस्ती भैंसेपाटी जाने बाटो– जहाँबाट राजनीतिक दलका प्रभावशाली नेता, पूर्वमन्त्रीहरू, विभिन्न देशका राजदूत र नीति निर्माता समेत दैनिक ओहोरदोहर गर्छन् । त्यो भीआईपी बस्ती जाने बाटोमा सर्वसाधारण जनता भने सास्ती व्यहोरी रहेका छन् । 

Muktinath Bank

यही रुटमा दैनिक ओहोर दोहोर गर्ने सवारीका चालकहरू बाटो झन्झन् खराब बन्दै गइरहेको बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पानी परेर बाटो चिप्लो बनेको समयमा दुईपाङग्रे सवारी साधन बारम्बार दुर्घटनामा पर्ने गरेको भुक्तभोगीहरू बताउँछन् । 


Advertisment
Nabil box
Kumari

भैँसेपाटी सडकमा देखिएको बिजोग नेपालका विकास आयोजना कसरी अलपत्र परेका छन् भन्ने ज्वलन्त उदाहरण हो । नख्खुखोला– भंैसेपाटी–स्रोहखुट्टे–बुङमति सडक ठेक्का लागेको ५ वर्ष भइसक्यो तर सडकको दुरावस्ता भने झनै बिग्रिएको छ । 

Vianet communication
Laxmi Bank

पूर्ववर्ती केपी शर्मा ओली सरकारका चारजना मन्त्री यही बाटो भएर दैनिक ओहोरदोहोर गरे । 

ओली सरकारमा भौतिक पूर्वाधार तथा निर्माण मन्त्री बनेको रघुवीर महासेठको आँगनमुनि यस्तो बिजोग छ, तर उनले यो बाटो बनाउन कुनै पहल गरेनन् । 

यही बाटो भएर तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री जुली महतो हिँडे ।

नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा गरेका पूर्व उपप्रधानमन्त्री वामदेव गौतम पनि यही बाटो साइरन बजाउँदै हिँड्छन् । 

अर्थमन्त्री रहेको समयमा विष्णु पौडेलले ठेक्का लगाउने सरकारी निकायका प्रतिनिधिहरूलाई छिटो काम सक्न निर्देशन दिएपनि काम हुन सकेन ।

राष्ट्रिय राजनीतिका प्रभावशाली व्यक्तिहरू बस्ने ठाउँको बाटोको यो विजोगले स्थानीयलाई आक्रोशित बनाएको छ । 

सडक निर्माणमा ढिलाइ भएको भन्ने स्थानीयको गुनासोका कारण जनप्रतिनिधि आजित छन् । तर निर्माणको जिम्मा पाएको ठेकेदार आशिश बिरुवा सीएम जेभीले काम अलपत्र पार्दा यो क्षेत्रबाट हिँड्ने सर्वसाधारणले सास्ती भोगिरहेका छन् ।

२०७३ असार ३० गते भएको सम्झौता अनुसार २०७५ असार मसान्तमा सडक जिम्मा लगाइसक्नु पर्ने हो । ३० करोड लागत रहेको यो सडकको ठेकेदारले २० करोड २२ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । तर बाटोको अवस्था विस्तारको काम शुरू गर्नुअघि भन्दा पनि खराब भएको छ । 

भैंसेपाटीको उकालोमा सडकमै ठूलो खाल्डो परेको छ । त्यहीँ नजिकै म्यानमारको राजदूतावास छ ।

कतार र इजिप्टको दूतावास पनि यही बाटो भएर जानुपर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x