२७ असार २०८३, शनिबार

एमालेको विधान संशोधन प्रस्ताव– उपाध्यक्ष घट्ने, सचिवको संख्या बढ्ने

एमालेको विधान संशोधन प्रस्ताव– उपाध्यक्ष घट्ने, सचिवको संख्या बढ्ने

नेकपा एमालेले उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउने भएको छ । 

असोज १५ गतेदेखि विधान महाधिवेशनमा पेश गर्नका लागि शुक्रवार केन्द्रीय कमिटी बैठकमा पेश गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्षको संख्या घटाउने प्रस्ताव गरिएको छ । 

उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेल संयोजकत्वको समितिले तयार गरेको विधान संशोधन प्रस्तावमा उपाध्यक्षको संख्या ५ बाट ३ मा झार्न प्रस्ताव गरिएको छ ।

सचिवको संख्या भने ५ बाट ७ पुर्‍याउन प्रस्ताव गरिएको छ । 

प्रस्तावित विधान पारित भए अब एमालेमा अध्यक्ष, महासचिव, ३ उपाध्यक्ष, २ उपमहासचिव र ७ सचिवसहित १४ जना पदाधिकारी रहनेछन् । 

तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा शुक्रवार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गरेका छन् । 

राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि शनिवार बिहान ११ बजे बस्ने बैठकमा छलफल हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्