
भारतको दिल्लीस्थित रोहिणी अदालत परिसरमा शुक्रवार फाइरिङ भएको छ । सो क्रममा गोली लागेर तीनजनाको मृत्यु भएको छ ।
मृत्य हुनेमा दिल्लीका मोस्ट वान्टेड गैंगस्टर जितेन्द्र गोगीलगायत छन् । अन्य ३–४ जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार गोगी पेशीका लागि अदालत आएका थिए, जहाँ वकीलको पोसाकमा आएका व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।
दिल्ली पुलिस कमिस्नर राकेश अस्थानाका अनुसार दुई व्यक्तिले गोली प्रहार गरेका थिए । प्रहरीको जवाफी कारवाहीमा दुवै हमलाकारीको मृत्यु भएको छ । यी दुईमध्ये एकजनामाथि ५० हजार रूपैयाँको पुरस्कार थियो ।
वकिल ललितकुमारका अनुसार हमलाकारी वकिलको पोसाकमा आएका थिए । उनीहरूले गोगीमाथि लगातार तीन गोली हानेका थिए । गोगीको मृत्यु अस्पतालमा भएको थियो ।
घटना दिउँसो १ बजेतिर भएको हो ।