०१ साउन २०८३, शुक्रबार

एमाले बैठकमा प्रस्तुत प्रतिवेदनमा छलफल गर्न १० समूह विभाजन

एमाले बैठकमा प्रस्तुत प्रतिवेदनमा छलफल गर्न १० समूह विभाजन

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ ।

भूगोलका सात प्रदेशका सात तथा जनसंगठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले आफ्नो  वितरित प्रतिवेदनमाथि छलफल गरी शनिवार दिउँसो १ बजे बस्ने अर्को बैठकमा टोली नेतामार्फत सुझाव पेश गर्ने सो पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए । 

यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेज पेश हुनेछन् । बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, सांगठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए । 

प्रमुख भट्टराईले पार्टीभित्रका कतिपय आन्तरिक समस्याका सम्बन्धमा छलफल गर्दै अघि बढ्ने प्रक्रिया चलिरहेको बताए । पार्टीभित्र १० बुँदे प्रस्तावको कार्यान्वयनका क्रममा भएका समस्याबारे नेतृत्व तहमा छलफल भइरहेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्