
राष्ट्रपति रामनाथ कोविन्दको दोस्रो आँखाको मोतिबिन्दुको शल्यक्रिया राष्ट्रिय राजधानीस्थित आर्मी हस्पिटल (रिफरल एन्ड रिसर्च) मा शुक्रबार भएको छ ।
राष्ट्रपति कोविन्दको सचिवालयले शुक्रबार विज्ञप्ति जारी शल्यक्रिया सफलतापूर्वक सकिएको बताएको छ । उनलाई केही दिन आराम गर्न चिकित्सकहरूले सल्लाह दिएका छन् । उनले यसै बर्ष मार्च ३० मा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गराएका थिए ।