२९ असार २०८३, सोमबार

कांग्रेसले आज गाउँ/नगर अधिवेशन गर्दै

कांग्रेसले आज गाउँ/नगर अधिवेशन गर्दै

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज शनिवार गाउँ/नगर अधिवेशन हुँदैछ ।

क्रियाशील सदस्यता विवरण सार्वजनिक भएर वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा शनिवार पालिका अधिवेशन हुन लागेका हुन् ।

काठमाडौं जिल्लामा भने वडा अधिवेशनको नतिजा निर्वाचन समितिमा नपुगेकाले पालिका अधिवेशन सारिएको छ । काठमाडौंमा असोज १६ गते पालिका अधिवेशन तोकिएको छ ।

सदस्यता विवरण सार्वजनिक नभएका १३ जिल्लामा वडा अधिवेशन नै अनिश्चित भएको छ । सदस्यता विवादका कारण कांग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्