०१ असार २०८३, सोमबार

दीर्घरोगीका लागि खुसीको खबर, फाइजर खोपको व्यवस्था

असोज ९, २०७८
दीर्घरोगीका लागि खुसीको खबर, फाइजर खोपको व्यवस्था

 एक लाख मात्रा फाइजर  खोप  दशैँअगावै  नेपाल  ल्याइने  भएको  छ  ।  आउने  मिति  यकिन  नभए  पनि  दशैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । 
अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो । स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालय  परिवार  कल्याण  महाशाखाका  निर्देशक  डा.  विवेककुमारलाल कर्णले खोप छिट्टै आउने जानकारी  दिए ।

उनका अनुसार  खोप  अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका  व्यक्तिलाई  मात्र  दिइनेछ  ।  फाइजर  खोप अरू खोपभन्दा लगाउने तरिका फरक छ, डा. लालले भने, “सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।” नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्समार्फत आउने  फाइजर  खोप  दीर्घरोगीलाई  लगाउने  भनिएकाले  तत्काल  बालबालिकालाई  नदिने  उनले बताए । गोरखापत्रमा खबर छ। 

salt training

कमेन्ट गर्नुहोस्