
काठमाडौ, असार ३ –एनसेलले गीत–संगीतका पारखीहरूलाई लक्षित गरेर योण्डर क्याराओके प्रतियोगिता आयोजना गर्ने भएको छ ।
गीत –संगीतका पारखीहरूलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै सोमवारदेखि ४ सातासम्म हरेक साता आकर्षक सामसुङ्ग जे सेभन प्राइम मोबाइल फोन जित्न सकिने प्रतियोगिता घोषणा गरेको हो ।
योण्डर म्युजिक एप प्रयोग गर्ने एनसेलका सबै ग्राहकले सोमवारदेखि शुरु हुने यो प्रतियोगितामा भाग लिन सक्नेछन् । शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रम माझ यो प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको हो ।
‘योण्डर म्युजिक एपमा रहेको स्न्याप क्याराओके विशेषताको प्रयोग गर्दै ग्राहकहरूलाई आफ्नो प्रतिभा देखाउन प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता घोषणा गर्न पाउँदा हामी खुसी छौं,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, ‘यसले ओझेलमा परेका तथा लुकेर बसेका प्रतिभाहरूको प्रष्फुटनका निमित्त अवसर प्रदान गर्दछ ।’
प्रतियोगितामा सहभागी हुन एनसेलका ग्राहकले स्न्याप क्याराओकेमा आफ्नो गीत रेकर्ड गरी फेसबुक र इन्स्टाग्राममा ३ःथकलबउपबचबयपभध्भभपज्ञ ट्यागसहित पोस्ट गर्नुपर्नेछ । क्याराओकेमा रेकर्ड गरिएको गीतहरू सामाजिक सञ्जालमा पोस्ट गर्नको लागि हरेक हप्ता ह्यास ट्याग छुट्टै हुनेछ । जस्तै, दाश्रो हप्ताको क्याराओके प्रतियोगितामा सहभागिता जनाउन ग्राहकले ३ःथकलबउपबचबयपभध्भभपद्द ट्याग गरेर गीतहरू पोस्ट गर्नुपर्नेछ । यो साप्ताहिक प्रतियोगिता सोमबारदेखि आइतबारको समय चक्रमा ४ हप्ता सम्म संचालनमा रहनेछ ।
यस प्रतियोतितामा प्रस्तोताले पोस्ट गरेको क्याराओके गीतले पाएको सबै भन्दा बढी लाइक र सेयरको आधारमा हरेक हप्ता १० उत्कृष्ट प्रस्तोताहरू छानिने छन् । उत्कृष्ट १० प्रस्तुतिमा पर्नका लागि स्पस्ट रुपमा लेखिएको ह्यास ट्गाय सहित कम्तिमा पनि १०० लाइक पाएको हुनु पर्नेछ । चार जना कलाकार रहने योण्डर स्पोक आर्टिस्टको निर्णयक मण्डलले हरेक हप्ता एक उत्कृष्ट प्रस्तोताको छनौट गर्नेछ । विजयी प्रस्तोताले पुनः प्रतियोगिता भाग लिन पाउने छैनन् ।
हरेक हप्ता मंगलबार विजेताको घोषणा गरी पुरस्कार हस्तानतरण गरिने छ । प्रतियोगिताको विजेता काठमाडौ बाहिरबाट भएको खण्डमा नजिकैको एनसेल सेन्टरबाट पुरस्कार लिन सकिनेछ ।
योण्डर म्युजिक एप अन्तर्गत प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढी नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरूको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरू अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एनसेलले फोरजी सेवा सुरु गरेको अवसरमा असार १६ गते सम्म एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकले एक महिनाका लागि योण्डर म्युजिकमा निःशुल्क अनलाइन स्ट्रिमिङ्ग सेवाको मजा लिन सक्नेछन् । यसका लागि ग्राहकले ८३२४३ डायल गरी सेवा सुचारु गर्न सक्नेछन् ।
ग्राहकले गुगल एप स्टोर तथा एप्पल एप स्टोरबाट विषेशताले भरिएको यो एप सजिलै डाउनलोड सक्छन् र पुराना देखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिई रोमाञ्चक सांगीतिक यात्राको लाभ लिन सक्नेछन् ।