२६ जेठ २०८३, मंगलबार

पुरानादेखि नयाँ पुस्ताका कलाकार एकैसाथ र्‍यापमा, भव्य देखियो प्रस्तुति

कात्तिक २०, २०७४
पुरानादेखि नयाँ पुस्ताका कलाकार एकैसाथ र्‍यापमा, भव्य देखियो प्रस्तुति
काठमाडौं, १५ पुस–काठमाडौंको होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रममा ४० भन्दाबढी कलाकार एकैसाथ पुरानादेखि नयाँ पुस्ताका कलाकार एकैसाथ र्‍यापमा, भव्य देखियो प्रस्तुति पुरानादेखि नयाँ पुस्ताका कलाकार एकैसाथ र्‍यापमा उत्रिएका छन् ।

‘दी सेलिब्रेटी रनवे २०१६’ नाम दिइएको र्‍याप कार्यक्रम सञ्चालकले तीन पुस्ता भन्दै कलाकार आमन्त्रण गरेका थिए ।

पहिलो पुस्ताका कलाकार तुलसी घिमिरे, भुवन केसी, विजय लामा, बसुन्धरा भुसाल, भुवन चन्द, सरोज खनाल, सुभद्रा अधिकारी लगायत स्टेजमा देखिएका थिए ।

त्यस्तै निखिल उप्रेती, सञ्चिता लुइँटेल, केकी अधिकारी, शुशील श्रेष्ठ, गौरव पहारी, वर्षा राउत, नाजिर हुसेन, पुष्पल खड्का, दीपाश्री निरौला, सञ्चिता लुइँटेल लगायतका दोस्रो र तेस्रो पुस्ताका कलाकार पनि स्टेजमा देखिएका थिए । स्टेज प्रस्तुतिमा सबैले आफ्नो फेसनका साथै सुहाउँदो गीतमा प्रस्तुति पनि देखाएका थिए ।

पुनम इन्टरटेनमेन्ट र गौरी मल्लको सयुंक्त आयोजनामा भएको उक्त कार्यक्रममा रेखा थापाले दुई वटा गीत गाएकी थिइन् । त्यस्तै अर्का उपस्थित कलाकार सन्दिप क्षेत्रीले पत्रकारहरुले स्टेजमा बोल्दै दर्शक तथा सेलिब्रेटीलाई हँसाएका थिए । पुराना तथा नयाँ कलाकारलाई एकैसाथ स्टेजमा उभ्याएर गरिएको कार्यक्रमको धेरैले प्रशंसा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्