२२ जेठ २०८३, शुक्रबार

अब ट्विट पनि सम्पादन गर्न पाइने

कात्तिक २०, २०७४
अब ट्विट पनि सम्पादन गर्न पाइने
काठमाडौं, १५ पुस — सामाजिक सञ्जाल साइट ट्विटरले अब प्रयोगकर्ताहरूलाई ट्विट सम्पादन गर्ने सुविधा प्रदान गर्न लागेको छ ।


प्रयोगकर्ताहरूले लामो समयदेखि यसको माग गरिरहेका थिए । यसका साथै अन्य नियन्त्रणका बटन पनि ट्विटरले ल्याउँदैछ ।

ट्विटरका सीईओ ज्याक डोर्सीले ट्विट सम्पादन गर्ने सुविधामाथि विचार गरिरहेको बताएका छन् । हालै ट्विटर
प्रयोगकर्ताहरूसँग कुरा गर्ने क्रममा डोर्सीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

ट्विटरले एउटा निश्चित समयावधिभित्र गल्तीले टाइप हुन पुगेका वर्ण वा शब्द सम्पादन गर्ने सुविधा दिनेछ ।

अहिले फेसबूकमा यो सुविधा छ ।

नयाँ प्रयोगकर्ता नबढेको, विज्ञापनले पनि ट्विटरको लोकप्रियता नबढाएको र वर्षैपिच्छे करोडौं डलर घाटामा गएकाले ट्विटर बन्द हुने अवस्थामा पुगेकाले यसलाई बेच्ने हल्ला पनि चलिरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्