१४ असार २०८३, आइतबार

लोकमानलाई कालोमोसो दल्लेविरुद्ध सर्वोच्चले चलायो मुद्दा

कात्तिक २०, २०७४
लोकमानलाई कालोमोसो दल्लेविरुद्ध सर्वोच्चले चलायो मुद्दा
काठमाडौं, १५ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदातल परिसरमै कालोमोसो दुई जना विरुद्ध सर्वोच्च अदालतले मानहानीको मुद्दा लगाएको छ ।

नेकपा माओवादी विप्लव समूहका विद्यार्थी नेता प्रवल शाही र चन्द्रबहादुर बुढाविरुद्ध सर्वोच्च अदालतले मानहानीको मुद्दा लगाएको हो ।

कालोमोसो दले लगत्तै पक्राउ परेका उनीहरु विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक अपराध ऐन अन्तर्गत अनुसन्धान गरिरहेको बेला सर्वोच्च अदालतले शाही र बुढाविरुद्ध मुद्दा चलाएको छ । ‘प्रतिवेदन खडा गरेर लिखित जवाफ मागिएको छ’ अदालत श्रोतले भन्यो ।

केही दिनअघि योग्यता सम्बन्धी मुद्दाको पेसी बुझ्न सर्वोच्च अदालत पुगेका बेलो कार्कीमाथी अदालत परिसरभित्रै मोसो दलिएको थियो ।

कार्कीले भने उनीहरुले अरुको आदेशमा मात्र काम गरेका कारण मोसो दल्ने कार्यमा संलग्नहरुलाई छोड्न माग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्