०१ असार २०८३, सोमबार
विधान संशोधन गर्दै एमाले

आजदेखि एमाले विधान महाधिवेशन, देशभरका प्रतिनिधि काठमाडौंमा

आजदेखि एमाले विधान महाधिवेशन, देशभरका प्रतिनिधि काठमाडौंमा

नेकपा एमालेको विधान महाधिवेशन आज शुक्रवारदेखि शुरू हुँदैछ ।

असोज १७ गतेसम्म चल्ने महाधिवेशनमा देशभरका प्रतिनिधिको सहभागिता रहनेछ । महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरू राजधानी काठमाडौंमा भेला भएका छन् ।

एमालेले ६ हजार बढी प्रतिनिधिलाई सहभागी गराएर गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्दैछ ।

महाधिवेशनको उद्घाटन अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेर सम्बोधन गर्ने कार्यक्रम रहेको विधान महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले जानकारी दिए ।

महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने जनाइएको छ । 

महाधिवेशन व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ सचिव र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समितिले काम गरिरहेको छ ।

विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेशागत संगठनबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ संगठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनित सदस्य प्रतिनिधि रहनेछन् । 

एमालेले आगामी मंसिरको दोस्रो हप्ता पार्टी नेतृत्व चयनका लागि दशौं राष्ट्रिय महाधिवेशन तय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्