०१ असार २०८३, सोमबार

शुरू भयो एमालेको विधान महाधिवेशन

शुरू भयो एमालेको विधान महाधिवेशन

नेकपा एमालेको विधान महाधिवेशन शुरू भएको छ । 

गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा शुरू भएको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी केपी शर्मा ओलीले गरेका छन् । 

असोज १७ गतेसम्म चल्ने महाधिवेशनमा देशभरका प्रतिनिधिको सहभागिता छ । 

एमालेले ६ हजार बढी प्रतिनिधिलाई सहभागी गराएर विधान महाधिवेशन गर्दैछ ।

महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने जनाइएको छ ।

शनिवार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरू पारित हुनेछ । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्