
सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्था र एक्साइड ब्याट्रीज् नेपालले हालै काठमाडौँको वडा नम्बर ४ लाई १०० वटा स्ट्रीट लाइट हस्तान्तरण गरेको छ ।
सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन बिष्टलाई सो स्ट्रीट लाइट हस्तान्तरण गरे । उक्त समारोहमा सिप्रदीयन सहायता संस्था र वडा नम्बर ४ का वडा प्रतिनिधिहरूको उपस्थिति थियो ।
ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक तिवारीले भने, ‘सन् २०१२ मा स्थापना भएदेखि नै सिप्रदीयन सहायता संस्था सदैव समाजको हितमा लागिरहेको सामाजिक संस्था हो र आज त्यही विचार अन्तर्गत वडा नम्बर ४ लाई सहयोग गर्न पाउँदा निकै हर्षित छौं । हामीलाई विश्वास छ कि यो हस्तान्तरण गरेको स्ट्रीट लाइटहरुले रातिको समय स्थानीयवासीलाई जनजीवनमा सहजता पुर्याउने छ ।’
साथै भविष्यमा पनि सिप्रदी सहायता संस्था र एक्साइड ब्याट्रीज् नेपालले सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलापहरू सञ्चालन गर्ने उनले बताए ।