०४ साउन २०८३, सोमबार

ओलीको राजनीतक प्रतिवेदन- कसैसँग पनि वैरभाव नराख्नु एमालेको विदेश नीति

ओलीको राजनीतक प्रतिवेदन- कसैसँग पनि वैरभाव नराख्नु एमालेको विदेश नीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न कूटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले पहल गरेको पनि स्पष्ट पारे ।

उनले शुक्रवार गोदावरीमा शुरू भएको विधान महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा छिमेकी मुलुक भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरू प्रतिबद्ध रहेको समेत बताए ।

उनले कसैसँग पनि भैरभाव नराख्नु आफ्नो पार्टीको विदेश नीति भएको बताए ।

ओलीले भने, ‘हामी चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान होस् भन्ने चाहन्छौं । यसले त्रिदेशीय सहकार्यको सम्भावना पनि बढ्नेछ । नेपाल एक चीन नीतिमा अडिग छ । नेपाल भारत सीमा वारपार अपराध नहोस् र आतंककारीले लाभ उठाउन नपाउन् भन्ने कुरामा भारतको चासो देखिन्छ । भारतसँगको व्यापार घाटा लिपुलेक, लिम्पियाधुरा र कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता र सिमाको व्यवस्था हुने अनावश्यक चासो जस्ता विषयमा नेपालको चासो र सरोकार रहेको छ । हामी हाम्रा छिमेकीको जायज चासोप्रति सजग छौं । त्यस्तै सजगता र सम्मान हामी हाम्रा मित्रहरू, छिमेकीहरूबाट पनि चाहन्छौं । दुई देशबीचको समस्यालाई जिम्मेवारी कूटनीतिक पहलको माध्यामबाट समाधान गर्न हामी चाहन्छौं । हाम्रो विदेश नीति सबैसँग मित्रतापूर्ण सम्बन्ध राख्नु र कसैसँग पनि वैरभाव नराख्नु हो ।’

salt training

कमेन्ट गर्नुहोस्