२४ जेठ २०८३, आइतबार

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो भाइबर स्टिकर, क्वीज बजमा आकर्षक उपहार

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो भाइबर स्टिकर, क्वीज बजमा आकर्षक उपहार

एनआईसी एशिया बैंकले आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ ।

हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिएको भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले ‘एनआईसी एशिया भाइबर क्वीज बज’समेत सञ्चालनमा ल्याएको छ । 

दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिकरुपमा आकर्षक उपहारहरू जित्न सक्ने बैंकले जनाएको छ ।

असोज १४ देखि कात्तिक १० गतेसम्म सञ्चालन हुने यस क्वीज बजमा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् । हरेक दिन ४ जनाले ५०० रूपैयाँको मोबाइल रिचार्जसमेत जित्न सक्ने बैंकले जनाएको छ । 

यसका लागि यस बैंकको भाइबर कम्युनिटीमा जोडिई त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ ।

प्रतियोगिताअन्तर्गत सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पहरू मध्येबाट सहभागीहरूले सही जवाफ दिनुपर्ने हुन्छ । बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएको खण्डमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

भाइबर कम्युनिटीमा जोडिन सबैभन्दा पहिले भाइबरभित्र सर्च बक्समा गई यस बैंकको नाम एनआईसी एशिया बैंक खोज्नुपर्ने हुन्छ । जसमार्फत यो योजनामा सहभागिता जनाउन सकिनेछन् । साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधाजस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्