२७ जेठ २०८३, बुधबार

कोरोना अपडेट : थपिए १०६६ संक्रमित, १३ जनाको मृत्यु

कोरोना अपडेट : थपिए १०६६ संक्रमित, १३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६८ नमूना परीक्षणमध्ये ८९८ पीसीआर र १६८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख ८७ हजार ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार १४८ पुगेको छ । 

मन्त्रालयका अनुसार थप ९३८ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ६६ हजार ६९६ पुगेको छ । 

हाल मुलुकभर १८ हजार ११५ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्