
सार्वजनिक सवारीसाधनमा पाकेट मार्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार सिन्धुपाल्चोक चौतारा–३ का रोशन गिरी र ललितपुर महालक्ष्मी–४ बस्ने आकृति श्रेष्ठलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चाडपर्वलक्षित विशेष सुरक्षा योजना बनाइएको छ । जसअनुसार सादा पोशाकमा प्रहरीहरूले सार्वजनिक सवारीसाधन तथा सार्वजनिकस्थलहरूमा हुने चोरी, पाकेटमारजस्ता अपराधहरूमाथि सूक्ष्म निगरानी गरिरहेको प्रहरीको भनाइ छ ।