२३ असार २०८३, मंगलबार

नेपाल फलामे छड उत्पादक संघले भन्यो : लागत ४ रुपैयाँले घटेको छ, छड बिक्री गर्दा मूल्य घटाउनु

नेपाल फलामे छड उत्पादक संघले भन्यो : लागत ४ रुपैयाँले घटेको छ, छड बिक्री गर्दा मूल्य घटाउनु

नेपाल फलामे छड उत्पादक संघले सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकलाई स्वागत गरेको छ । 

संघले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्था सकारात्मक भएको बताएको छ । 

यस व्यवस्थापश्चात नेपालमा उत्पादित फलामे छडको लागत ४ रुपैयाँ प्रतिकेजीले घट्न जाने संघले जनाएको छ ।

संघका अध्यक्ष शाहील अग्रवाल र उपाध्यक्ष शोभाकर (हरी) न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी ४ रुपैयाँ घटाई फलामे छड बिक्री वितरण गर्न पनि उद्योगीहरूलाई आग्रह गरेको छ । 

विज्ञप्तिमा भनिएको छ,‘बजेट पछिका तीन हप्तामा अन्तरास्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पंज आइरनमा १२% भन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी रु ४/– घटाई फलामे छड बिक्रि वितरण गर्नुहुन सम्पूर्ण उद्योगीहरुलाई अनुरोध गर्दछौं।'

salt training

कमेन्ट गर्नुहोस्