२३ जेठ २०८३, शनिबार

अनेरास्ववियू क्रान्तिकारीको बन्दसत्रमा प्रतिवेदनमाथि छलफल गर्न ११ समूह

अनेरास्ववियू क्रान्तिकारीको बन्दसत्रमा प्रतिवेदनमाथि छलफल गर्न ११ समूह

माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत शुक्रबारदेखि बन्दसत्र सुरु भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको बन्द सत्रमा आज नेताहरु नारायणकाजी श्रेष्ठ , देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेतले समसामयिक विषयमा प्रशिक्षणमुलक मन्तव्य राखेको प्रचारप्रसार उपसमितिका प्रमुख सुरेन्द्र बस्नेतले जानकारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वन्द सत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।  सो प्रतिवेदन उपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समुह बनाइएको बस्नेतले जानकारी दिए ।

 प्रतिवेदन पारित भएपछि नेतृत्व चयन प्रक्रिया अघि बढ्ने छ । सम्मेलनले अध्यक्ष , ३ खुला उपाध्यक्ष , ४ समावेशी उपाध्यक्ष , एक महासचिव , दुई उपमहासचिव ,  प्रदेशबाट ८ सचिव  , समावेशीवाट ५ सचिव  र एक कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्