
एमालेको विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन् । कुल ३८ पृष्ठ लामो सङ्गठनात्मक प्रस्तावमा अध्यक्षसहित १३ सदस्यीय पदाधिकारीको प्रस्ताव गरिएको छ ।
पोलिट्ब्युरो र वरिष्ठ नेताको पद हटाइएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहने व्यवस्था गरिएको छ । पदाधिकारीमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक र सचिव छ जना रहने व्यवस्था गरिएको छ । त्यस्तै पदाधिकारी १३ सहित २२५ सदस्यीय केन्द्रीय कमिटी रहने प्रस्ताव गरिएको छ । यस्तै प्रदेश कमिटीका अध्यक्षहरू पदेन रूपमा केन्द्रीय कमिटी सदस्य हुने प्रस्ताव प्रस्तुत गरिएको छ ।
एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्थासमेत राखिएको छ । गोरखापत्रमा खबर छ ।