×

NMB BANK
NIC ASIA

सामूहिक उद्यम

खेतबारीको कामबाट नगद कमाउँदै मुसहर बस्तीका महिला

असोज १६, २०७८

NTC
Premier Steels

उदयपुरको बेलका नगरपालिका–५ घुम्नेका मुसहर समुदायका महिला खेतबारीमा काम गर्न व्यस्त हुन्छन् । २ वर्षअघिसम्म अर्काको काम गरेर जीविकोपार्जन गर्ने महिला यतिबेला आफ्नै कमाइ गरिरहेका छन् ।

Muktinath Bank

महिलाले तरकारीदेखि धानबालीमार्फत राम्रो उत्पादन गरेर नगद कमाउँछन् । मुसहर बस्तीमा बारीभरि फलेका काउली, भण्टा, बन्दाकोपी र सागदेखि धानसम्म देख्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरमै विभिन्न वनस्पति र गोबर मिसाएर बनाइएको प्राङ्गारिक मलको प्रयोग गरेर मुसहर बस्तीका महिलाले तरकारी उत्पादन गरिरहेका छन् । मुसहर बस्तीमा हरियाली छाएको छ ।


Advertisment
Nabil box
Kumari

बेलका नगरपालिकाले महिलालाई मल बनाउने र तरकारी खेती गर्ने तालिम दिएपछि सीप विकास भएको हो । नगरको अग्रसरतामा कृषक समूह गठन गरेर जग्गा र बिउ समेत दिने गरिएको छ । २६ कट्ठा जग्गासहित बिउको व्यवस्था नगरपालिकाले गरिदिएको छ । भाडामा लिइएको २६ कट्ठा जग्गाको भाडा नगरपालिकाले नै तिर्ने गरेको छ ।

Vianet communication

‘पहिला धान, मकै रोप्न र गोड्न अरुकोमा जानुपर्थ्यो, अहिले पर्दैन,’ समूहकी अध्यक्ष समेत रहेकी कलावती सदाले भनिन्, ‘पहिला बिहानदेखि साँझसम्म काम गरे पनि छाँक टार्न समस्या पर्थ्यो । अहिले हामी आफैंले राम्रै पैसा कमाइरहेका छौं ।’

भण्टा, हरियो काउली, बन्दाकोपी, टमाटर, गाँजर लगायतका तरकारी उत्पादन थालेपछि जीविकोपार्जन सहज भएको उनी बताउँछिन् । मुसहर बस्तीमा २२ परिवार छन्, जसमध्ये १३ जना महिलाको समूहले सामूहिकरूपमा खेती गरिरहेको छ ।

‘२०७६ सालदेखि सामूहिक खेती थालेका महिलाले पहिलो वर्ष तरकारी बेच्दा १५–१६ हजार रुपैयाँ प्रतिव्यक्ति लगेका थियौं,’ अध्यक्ष कलावतीले भनिन्, ‘गत वर्ष धेरै पानी परेका कारण १२–१३ हजार रुपैयाँ मात्रै पायौं । धानको छुट्टै कमाइ गर्‍यौं ।’

अहिले बचत पनि गर्न थालेको उनी बताउँछिन् । ‘यस वर्ष तरकारीको बेर्ना राखिसकेका छौं, अब धान नगरपालिकाले आफैं बिक्री गरिन्छौ भनेको छ,’ उनले भनिन् ।

उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण र ब्रान्डिङ नगरपालिकाले गरिदिन थालेको छ । अग्र्यानिक उत्पादन भएका कारण माग बढिरहेको बेलका नगरपालिकाका कृषि इन्जिनीयर बुद्धिनाथ तिम्सिनाले बताए । धानलाई ब्रान्डिङ गरेर बजारमा पठाइने उनले बताए । 

‘पहिला कसकोमा काम पाइन्छ भन्दै खोज्नुपर्थ्यो, अहिले कति कमाइ गर्न सकिन्छ भनेर हामी लागिपरेका छौं,’ समूहकी सचिव अनिता सदाले भनिन्, ‘नगरपालिकासँग अझै जग्गा दिन माग गरिरहेका छौं ।’

बस्तीका पुरुष बाहिर मजदुरी गरेर कमाएर ल्याउँछन् भने महिला व्यावसायिक खेती गर्न सिकिरहेका छन् । नगरको पहिलो प्राथमिकतामा कृषि र पशुपन्छी भएकै कारण किसानलाई राहत मिलेको छ । नगरपालिकाले अशक्तलाई खाद्यान्न, गरिखान सक्नेलाई सीप सिकाएर आत्मनिर्भर बनाउने नीति लिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ लाई उत्पादनको आधार वर्ष घोषणा गरेको थियो । ‘आधार वर्षमा तालिम र बिउ दिएपछि धेरैले त्यो बिउलाई बारीमा फालिदिए,’ मेयर दुर्गाकुमार थापा ‘स्वस्तिक’ले भने, ‘गोडमेल नगरे पनि थोरै उत्पादन दियो । खाँदा मिठो भएपछि त्यही तरकारी खान थाले ।’

नगरपालिकाले बेलका नगरपालिका परिसरमै ‘कृषि सिकाइ केन्द्र तथा प्रदर्शनी स्थल’ खोलेको छ । प्रदर्शनी स्थलमा साग, गोलभेंडा, मेथी, धनियाँ, काउली रोपिएका छन्, बाँसको नर्सरी लगाइएको छ । नगरपालिका पुग्नेले तरकारी किन्न सक्ने व्यवस्था गरिएको छ ।

बस्तीका बालबालिकाका लागि नगरपालिकाले बिहान–साँझ छुट्टै शिक्षकको व्यवस्था गरिदिएर ट्यूसन समेत पढाइरहेको छ । शिक्षाबाट वञ्चित नहोउन् भनेर पठनपाठन गराइरहेको मेयर थापाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x