१६ असार २०८३, मंगलबार

राजधानी काठमाडौंमा आज कांग्रेसको पालिका अधिवेशन हुँदै

असोज १६, २०७८
राजधानी काठमाडौंमा आज कांग्रेसको पालिका अधिवेशन हुँदै

नेपाली कांग्रेस काठमाडौंको पालिका अधिवेशन शनिवार हुँदैछ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै शनिवार पालिका अधिवेशन हुन लागेको हो । 

काठमाडौंका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौं महानगरपालिकासहित १० नगरपालिकामा शनिवार निर्वाचन हुन लागेको जानकारी दिए ।

काठमाडौंको दक्षिणकाली नगरपालिकामा भने शनिवार अधिवेशन नहुने भएको छ । दक्षिणकाली–२ कोे क्रियाशील सदस्यता विवाद कायमै रहेकाले पालिकामा शनिवार निर्वाचन सम्पन्न गर्न नसकिएको आचार्यले बताए ।

मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको राजधानीमा हुने पालिका अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । केन्द्रीय निर्वाचन समितिले हाल देशभरका ७० भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता टुंग्याएर अधिवेशनका लागि मार्गप्रशस्त गरिसकेको छ भने केही जिल्लाको क्रियाशील सदस्यता विवादलाई भने टुंग्याउन सकेको छैन ।

कांग्रेसले आगामी मंसिर ९–१२ गतेसम्मका लागि केन्द्रीय महाधिवेशनको कार्यतालिका यसअघि नै तोकिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्