२७ जेठ २०८३, बुधबार

खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती : बाबुराम भट्टराई

खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमालेको गोदावरीमा भइरहेको विधान महाधिवेशनलाई ‘निभ्ने बेलाको बत्ती’ भएको टिप्पणी गरेका छन् । 

‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तस् स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !,’ उनले ट्वीटरमा लेखेका छन् । 

एमालेको विधान महाधिवेशन शुक्रवारदेखि शुरू भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्