गीतकार तथा संगीतकार मीना लामाको नयाँ गीत 'परदेशको पीडा (आमा)' सार्वजनिक भएको छ ।
चाहबिल स्तूपा नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन गरी गीतको भिडियो मीना कृयसन युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
राजकुमार बानियाँको आवाज रहेको उक्त गीतमा कृष्ण शताब्दीको संगीत संयोजन रहेको छ ।
गीतलाई अजय रेग्मीले छायांकन, राजेश कुमारले भिडियो सम्पादन गरेका हुन् । भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा गौरी मल्ल, अमिर दोङ, सुधीर श्रेष्ठ, रमेश लामा, नविना ब्लोन, लोकेन लामा, विष्णु लामा र विशाल युद्धको अभिनय रहेको छ।