
कांग्रेस युवा नेता गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरूसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढ्न पनि कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।
काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटनका कार्यक्रममा उनले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन कोहीसँग मिलेर होइन एक्लै सात कम्युनिष्टहरू एक भएर आए पनि आगामी निर्वाचनमा जित्नुपर्ने अवस्था कांग्रेसको रहेको बताएका हुन् ।
‘कोहीसँग मिलेर होइन सात कम्युनिष्ट एक भएर आयो भने पनि जित्ने तागतका साथ आगामी महाधिवेशनले नेतृत्व चयन गर्नुपर्ने हुन्छ, त्यसका लागि कांग्रेसलाई छोटो समयमा शुद्ध र सुदृढ गर्न आवश्यक हुन्छ,’ उनले भने ।
नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दाबीसमेत गरे । उनले मुलुकलाई कम्युनिष्टहरूको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहोर्याए ।