३१ जेठ २०८३, आइतबार

कस्तूरीको बिनासहित एक जना पक्राउ

कस्तूरीको बिनासहित एक जना पक्राउ

चन्द्रागिरि नगरपालिका-२, नागढुंगाबाट १९ ग्राम तौल भएको कस्तूरीको बिनासहित नुवाकोट किस्पाङ गाउँपालिका-८ बस्ने ५१ वर्षीय सार्की घलेलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्रिशूलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ५९९ नम्बरको बसलाई नागढुंगास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार घलेलाई उक्त बिनासहित फेला पारी पक्राउ गरेको हो ।

घलेलाई बरामद कस्तूरीको बिनासहित आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्