
साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
यस दिन छापावाल सुन प्रति तोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।