२३ जेठ २०८३, शनिबार

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बन्ने भएकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने निर्णय लिएका हुन् ।

यससँगै अखिल क्रान्तिकारीको जारी अधिवेशनले पञ्चा सिंह अध्यक्ष भएको औपचारिक घोषणा गर्नेछ । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बन्न लागेको पहिलोपटक हो ।

अखिलको अध्यक्षमा सुरेन्द्र बस्नेत र पञ्चा सिंहले दाबी गर्दै आएका थिए । सहमति नजुटेपछि अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको थियो ।

सिंह अखिलको अध्यक्ष बनेसँगै बस्नेतले भने पार्टीमा जिम्मेवारी पाउने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्