२३ असार २०८३, मंगलबार

७० वर्षे उमेर हदले ओलीलाई नछेक्ने, अर्को कार्यकाल पनि पूरा गर्न पाउने

७० वर्षे उमेर हदले ओलीलाई नछेक्ने, अर्को कार्यकाल पनि पूरा गर्न पाउने

नेकपा एमालेले पार्टीमा ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ ।

यद्यपि, उक्त हदले ओलीलाई अध्यक्षको दोस्रो कार्यकाल पनि पूरा गर्न भने रोक्ने छैन ।

ललितपुरको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनले उमेर हद उम्मेदवार बन्ने क्रममा लाग्ने व्यवस्था गरेको हो ।

७० वर्ष नपुग्दासम्म ओली अध्यक्षको उम्मेदवार बन्न पाउने छन् । 

अध्यक्ष बनिसकेपछि बीचमै ७० वर्ष पुगे पनि कार्यकाल पूरा गर्न बाधा नपर्ने व्यवस्था विधानमा गरिएको छ ।

एमाले अध्यक्ष ओली हाल ७०औं वर्षमा चलिरहेका छन् ।

७० वर्ष पूरा नभएकाले उनी पुन: अध्यक्ष बन्न र कार्यकाल पूरा गर्न सहजै पाउने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्